IME Life New

राष्ट्रिय स्तरका विकास बैंक मध्ये कुन “अण्डर भ्यालुड” कुन “ओभरभ्यालुड”?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विकास बैंकहरुले पनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल  दिंदै आएका छन्।  प्रति शेयर आम्दानीको  तुलनामा बजार मूल्य कम हुनुले लगानीकर्ताहरुले यो क्षेत्रका  कम्पनीहरुलाई मन पराउने गरेका छन्।

राष्ट्रिय स्तरका  विकास बैंक मध्य कैलाश विकास बैंक र गण्डकी विकासको शेयर कारोवार  रोकिएको छ।  वाणिज्य बैंकसंग प्राप्ति प्रक्रियामा रहेकाले दुवै विकास बैंकको शेयर कारोवार रोकिएको छ।

Esewa
Crest

९ राष्ट्रिय स्तरका विकास बैंक मध्य कुन विकास बैंक अण्डरभ्यालुड भनेर  इन्स्योरेन्स खबर टीमले गरेको तुलानात्मक अध्ययन :
९राष्ट्रिय स्तरका विकास बैंक मध्ये ५ विकास बैंकले आर्थिक वर्ष ७५/७६ को लाभांश घोषणा गरेका छन्।  गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश प्रस्ताव गरेसंगै  लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेको अवस्था छ त्यस्तै ज्योति विकास बैंक र कामना सेवा विकास बैंकको बुक क्लोज मिति  आउँन बाँकी छ।  ज्योति विकास बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ भने कामना सेवा विकास बैंकले ६ दशमलव ८ प्रतिशत  नगद लाभांश प्रस्ताव गरेको छ। अन्य ४ राष्ट्रिय स्तरक विकास बैंकले भने लाभांश प्रस्ताव गर्न बाँकी छ।

९ राष्ट्रिय स्तरक विकास बैंक मध्य गरिमा विकास बैंकको मूल्य  आम्दानी अनुपात सबै भन्दा न्यून छ।  गरिमा विकास बैंकको मूल्य आम्दानी अनुपात ८ दशमलव ६७ गुणा छ। त्यस्तै लाभांश प्रस्ताव गरेर बुक क्लोज आउँन बाँकी भएपनि ज्योति विकास बैंकको मूल्य आम्दानी अनुपात ९ दशमलव २७ गुणा रहेको छ। सामान्यत कम मूल्य आम्दानीलाई दोश्रो बजारमा अण्डरभ्यालूड मानिन्छ।

त्यस्तै कामना सेवा विकास बैंकको प्रति शेयर आम्दानी २ रुपैयाँ ९४ पैसालाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ४७ दशमलव ३३ गुणा आउछ।  यो निकै धेरै मूल्य आम्दानी अनुपात हो।  त्यस्तै सांग्रिलाको पनि मूल्य आम्दानी अनुपात १६ दशमलव  ८८ गुणा रहेको छ।

नोट :  मंसिर २३ गतेको बजार मूल्य
नोट :  बोनस शेयरको निमित्त बुक क्लोज भएपछी कायम पुँजीको आधारमा प्रति शेयर आम्दानी गणना गरिएको छ। 

कम्पनीको बजार मूल्य र ग्राम नम्बर:
ग्राम नम्बरको आधारमा हेर्दा मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकको बजार मूल्य वास्तविक मूल्य भन्दा धेरै छ।  बेन्जामिन ग्रामले मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा धेरै र मूल्य र किताबी मूल्यको अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै हुनु हुँदैन भन्ने आधारमा ग्राम नम्बरको आविस्कार गरेका थिए।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS