IME Life New

राष्ट्र बैंकले साढे १४ अर्ब माग्दा बैंकले दिए साढे ५१ अर्बको आवेदन, ट्रेजरीको ब्याजदर करिब ५%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत साढे १४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन खोज्द बैंकहरुले करिब साढे ५१ अर्ब रुपैयाँको आवेदन दिएको छ।

राष्ट्र बैंकले सोमबार १४ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो। यो बोलकबोलमा बैंकहरुले ५१ अर्ब ४२ करोड रुपैयाँको आवेदन पेस गरेका हुन्।

Esewa
Crest

राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिको क्रमशः ८ अर्ब ५० करोड रुपैयाँ, ४ अर्ब रुपैयाँ र २ अर्ब रुपैयाँको ट्रेजरी बिल मंगलबार जारी गरेको छ। हिजो भएको बोलकबोलमा ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिलमा १९ वटा बैंक तथा वित्तीय संस्थाले ९० वटा बोलीमार्फत २४ अर्ब २३ करोड रुपैयाँ, ४ अर्ब रुपैयाँको ट्रेजरीमा २० वटा बैंक तथा वित्तीय संस्थाले १०१ वटा बोलीमार्फत ३१ अर्ब १४ करोड रुपैयाँ र २ अर्ब रुपैयाँको ट्रेजरीमा १५ वटा बैंक तथा वित्तीय संस्थाले ५९ वटा बोलीमार्फत १२ अर्ब ५५ करोड रुपैयाँको आवेदन पेस गरेका हुन्।

यी ट्रेजरी बिलको बोलकबोलमार्फत न्यूनतम ३.९९ प्रतिशत र अधिकतम ४.९ प्रतिशत ब्याजदर निर्धारण भएको छ। औसतमा भने ४.७१ प्रतिशत ब्याजदर कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS