IME Life New

राष्ट्र बैंकलाई मौद्रिक नीति पुनर्बिचार गर्न बैंकर्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही अघि जारी गरेको मौद्रिक नीति र सोही नीतिलाई कार्यान्वयन गर्न ल्याइएको एकीकृत निर्देशिका समावेश गरिएका कतिपय कुराहरु फिर्ता लिन बैंकर्स संघले केन्द्रीय बैंकलाई आग्रह गरेको छ । क बर्गका बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एकीकृत निर्देशिका फिर्ता नलिए मुनाफा घट्ने र शेयर बजारमा उच्च गिरावट आउने चेतावनी दिँदै फिर्ता लिन आग्रह गरेका हुन् ।

बुधबार बसेको बैंकर्स संघको बैठकले तोकेको निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) गणना सम्वन्धी मौद्रिक नीतिको नयाँ व्यवस्था पुनर्बिचार गर्न नेपाल राष्ट्र बैंकसँगअ औपचारिक आग्रह गर्ने निर्णय समेत गरेको छ ।

Esewa
Crest

बैंकर्स संघले नियमनकारी निकाय केन्द्रीय बैंकलाई सिधा भाषामा चेतावनी नदिई घुमाउरो भाषामा मुनाफामा उच्च गिरावट आउने र शेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने निष्कर्ष सार्वजनिक गरेर केन्द्रीय बैंकलाई प्रभावमा पार्ने प्रयास गरेको हो ।

संघको बुधबार बसेको बैठकले स्प्रेड रेट हटाउने निर्णयले बैंकहरुको नाफामा भारी गिरावट हुने ठहर गर्दै यसलाई पुनर्बिचार गर्न आग्रह गरिएको बैठकपछि जारी बिज्ञप्तिमा उल्लेख छ ।

२८ वटै बाणिज्य बैंकका सिइओ एवम् प्रतिनिधिहरु सहभागी थिए । बैंठकले राष्ट्र बैंकले लागू गरेको स्प्रेड रेटको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुँजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफा २४ देखि २५ अर्बले घट्न सक्ने भन्दै नाफा घट्दा बैंकिङ क्षेत्र मात्रै नभएर समग्र वित्तीय संस्थामा नकारात्मक असर पर्ने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS