IME Life New

राष्ट्र बैंकमा जागिर खुल्यो, ६७ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सहायक द्वितीय र अधिकृत तृतीय पदमा दरखास्त आह्वान गरेको छ।

केन्द्रीय बैंकले प्रशासन र प्राविधि सेवातर्फ कुल ६७ जना कर्मचारी भर्न गर्न दरखास्त आह्वान गरेको छ। प्रशासनतर्फ सहायक निर्देशक पदमा १९ जना, सहायक निर्देशक (लेखा)मा ५ जना, सहायक निर्देशक (वाणिज्य कानुन)मा २ जना र सहायक निर्देशक (सूचना प्रविधि)मा ६ जनाका लागि दरखास्त खुलाइएको छ।

Esewa
Crest

यसैगरी सहायक (प्रशासन)मा २० जना, सहायक (कानुन)मा ४ जना र सहायक (सूचना प्रविधि)मा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

यी पदहरुमा खुला प्रतियोगिताबाट पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ। सहायक पदका लागि कम्तीमा प्लस टु गरेको हुनुपर्नेछ। सहायक निर्देशक पदका लागि विषयगत हिसाबले स्नातकदेखि स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।
इच्छुक उम्मेदवारले पुस २६ गतेसम्म दरखास्त दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS