IME Life New

राष्ट्र बैंकबाट स्वाप कारोबार विनियमावली लागू, कस्तो छ राफसाफको व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग यो विनियमावली लागू गरेको हो।

केन्द्रीय बैंकले अब सोही विनियमावलीबमोजिम राष्ट्र बैंकसँग स्वाप कारोबार गर्न बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)लाई निर्देशन दिइएको छ। यो विनियमावली राष्ट्र बैंकको गत साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।

Esewa
Crest

अब विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउन्टरपार्टीबीच ‘खरिद–बिक्री अमेरिकी डलर÷नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिनेछ। स्वाप कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले काउन्टरपार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ बिक्री गर्नेछ।

यसैगरी स्वाप कारोबारको दोस्रो चरणमा पहिलो चरणको रकमबराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको दरमा राष्ट्र बैंकले काउन्टरपार्टीलाई बिक्री गरी नेपाली रुपैयाँ खरिद गर्ने व्यवस्था विनियमावलीमा गरिएको छ।
अमेरिकी डलर रकम, स्पट दर, पहिलो चरणको कारोबार राफसाफ मिति, फरवार्ड मिति र दोस्रो चरणको कारोबार राफसाफ मिति स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गरिनेछ।

यस विनियमावली बमोजिम गरिने स्वाप कारोबारका लागि नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (संशोधन सहित) बमोजिम विदेशबाट भारतीय रुपैयाँबाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक काउन्टरपार्टी बन्न योग्य हुने छन् । विनियमावलीबमोजिम गरिने स्वाप कारोबार अमेरिकी डलर/नेपाली रुपैयाँमा हुनेछ ।

यसैगरी स्वाप कारोबार समिति गठन गर्ने व्यवस्था पनि विनियमावलीमा गरिएको छ। यो समितिको अध्यक्षमा विदेशी विनियम व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नर रहनेछन्। समितिमा राष्ट्र बैंककै विभिन्न विभागका ५ जना कार्यकारी निर्देशक निर्देशक सदस्यका रुपमा रहनेछन् भने सदस्य–सचिवको जिम्मेवारी विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक (लगानी हेर्ने) रहनेछन्।

Swap-Bylaw

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS