IME Life New

राष्ट्र बैंकबाट करिब साढे २ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, कृषि क्षेत्रमा सबैभन्दा बढी, ब्याज अनुदान कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिरसम्म करिब साढे २ खर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ।

केन्द्रीय बैंकले मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने २ खर्ब ४२ करोड ३९ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको हो। यसमध्ये १ खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुन बाँकी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

Esewa
Crest

राष्ट्र बैंकका अनुसार उक्त सहुलियतपूर्ण कर्जा १ लाख ४० हजार १५८ ऋणका लागि स्वीकृत गरिएको हो। स्वीकृति सहुलितपूर्ण कर्जा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी क्षेत्रको रहेको छ। यो क्षेत्रको सहुलियतपूर्ण कर्जा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। जसमा धितोसहित १ खर्ब ५१ अर्ब ५३ लाख रुपैयाँ र बिनाधितो २ अर्ब ड६ कोड रुपैयाँ रहेको छ। यो क्षेत्रमा धितोसहितको १ खर्ब २४ अर्ब रुपैयाँ र बिनाधितोको १ अर्ब ६३ करोड रुपैयाँ कर्जा अझै प्रवाह हुन बाँकी रहेको छ।

यसैगरी सहुलियतपूर्ण महिला उद्यमी कर्जा पनि ८४ अर्ब ४४ करोड रुपैयाँ राष्ट्र बैंकबाट स्वीकृत भएको छ। जसमा ५१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह हुन बाँकी रहेको छ।

तेस्रोमा कपडा उद्योग सञ्चालन क्षेत्र रहेको छ। यो क्षेत्रका लागि केन्द्रीय बैंकले १ अर्ब ९८ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ। जसमा १ अर्ब ६५ करोड रुपैयाँ प्रवाह हुन बाँकी रहेको छ।

राष्ट्र बैंकका अनुसार मंसिरमा स्वीकृत सहुलियतपर्ण कर्जाका लागि २२ अर्ब ३९ करोड ८ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको छ।

Interest-subsidized-loan-to-be-published-Mangshir-2080

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS