IME Life New

राष्ट्र बैंकद्वारा क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यासवे मनी ट्रान्सफर प्रालिको विप्रेषण कारोबार बन्द गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिएको जानकारी गराएको हो। काठमाडौंको भेँडासिङमा रहेको क्यासवेलाई नेपाल राष्ट्र बैंक, विप्रषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम–३१, उपविनियम (१)बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

Esewa
Crest

कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबारमात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकरी दिन पनि सूचनामा आग्रह गरिएको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा क्यासवेको बैंक जमानत फुकुवा गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS