IME Life New

राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्तको लाभांश रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ।

संस्थाको सञ्चालक समितिको माघ १० गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको हो। गत पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशतले हुन आउने ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो।

Esewa
Crest

प्रस्तावित लाभांशसहितको वित्तीय विवरण संस्थाले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको थियो। तर, राष्ट्र बैंकले माघ ८ गते पत्र पठाउँदै वित्तीय विवरण संशोधन गरी पुनः पेस गर्न संस्थालाई निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम संस्थाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गरेको हो। अब संस्थाले सो आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS