IME Life New

राष्ट्र बैंकको निर्देशनमा धौलागिरी लघुवित्तको प्रस्तावित १५% लाभांश रद्द, अब वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा धौलागिरी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको १५ प्रतिशत लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको बुधबार (पुस २५ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि यसअघि प्रस्तावित लाभांश रद्द गर्दै वितरण नगर्ने निर्णय गरेको हो।

Esewa
Crest

यसअघि संस्थाले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश रहेको थियो।

प्रस्तावित लाभांश सहितको वित्तीय विवरण स्वीकृतिका लागि संस्थाले नेपाल राष्ट्र बैंकमा पठाएको थियो। तर, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागले संस्थाको वित्तीय विवरणअनुसार लाभांश बाँड्न नसक्ने भएकोले प्रस्तावित लाभांश रद्द गर्न निर्देशन दिएको संस्थाका एक अधिकारीले जानकारी दिए। ‘त्यसैले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गर्नुपर्यो’, ती अधिकारीले भने, ‘अब शेयरधनीहरुलाई लाभांशको वितरण नगर्ने निर्णय सञ्चालक समितिले गरेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS