IME Life New

राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा दोस्रो संशोधन, के-के व्यवस्था थपियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ मा दोस्रो संशोधन गरिएको छ। दोस्रो संशोधनमार्फत राष्ट्र बैंकले विनियमावलीमा विभिन्न व्यवस्था थप गरेको छ। यो संशोधित विनियमावली चैत ६ गतेबाट लागू भएको छ।

दोस्रो संशोधनमार्फत राष्ट्र बैंकले ‘महाशाखा’ भन्नाले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालाई जनाउनेछ। वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्थाअन्तर्गत वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधीनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्ने व्यवस्था थप गरिएको छ।

Esewa
Crest

उक्त कार्यका लागि महाशाखाले छुट्टै कार्यविधि, टुलकिट बनाई लागू गर्न सक्नेछ । महाशाखाले प्रुडेन्सियल सुपरभिजनसँग जोडिएका विषयमा सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गर्ने व्यवस्था थप गरिएको छ।

यसैगरी नीति निर्देशन कार्यान्वयन समितिमा सम्बन्धित सुपरिवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा वरिष्ठतम डेपुटी गभर्नरले समितिको अध्यक्षता गर्ने व्यवस्था पनि विनियमावलीमा दोस्रो संशोधनमार्फत थप गरिएको छ।

NRB-Inspection-and-Supervision-Biniyamawali-2074-second-Amendment-2080

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS