IME Life New

राष्ट्र उत्थान लघुवित्तको साधारण सभाको मिति तय, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय साँगा, काभ्रेपलाञ्चोकमा अपरान्ह्र १ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभामा आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब लगायतका सम्पूर्ण वित्तीय विवरण पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै सभाले अन्य उपयुक्त स्नास्थासँग गाभ्ने, गाभिने, प्राप्ति गर्ने लगायतका कार्यको लागि आवश्यक निर्णय र कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा कुनै लघुवित्तको संस्था खरीद गर्नु परे वा अफ्नो शाखा बिक्रि गर्नु परे त्यस समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS