IME Life New

राष्ट्रिस्तरका विकास बैंकः सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ, पछ्याउँदै गरिमा (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म राष्ट्रियस्तरका विकास बैंकले ४ अर्ब रुपैयाँ माथि खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले १० महिनामा ४ अर्ब ५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ। यो बैंकले ९९ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी नाफाको हिसाबले मुक्तिनाथलाई गरिमाले पछ्याउँदैछ। गरिमाले यो १० महिनामा ७५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने महालक्ष्मी विकास बैंक ४६ करोड १७ लाख रुपैयाँ खुद नाफाका साथ चौथो स्थानमा रहेको छ।

वैशाखसम्म कामना सेवा विकास बैंकले ४० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा लम्बिनी विकास बैंकले ३४ करोड २२ लाख रुपैयाँ, सांग्रिलाले २७ करोड ९० लाख रुपैयाँ र ज्योतिले २३ करोड ८ लाख रुपैयाँ कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS