IME Life New

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार र सम्पत्ती शुद्धिकरणको मुद्दा खेपि रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।

‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै संसद सचिवालयले निलम्बनको जानकारी गराएको हो ।

Esewa
Crest

नागरिकता विवादका कारण एक पटकको सांसद पद गुमेपछि पुनः चितवनको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा कास्की जिल्ला अदालतमा तीनवटा मुद्दा दायर गरेको थियो ।

ग्यालेक्सी फोरके टेलिभिजनबाट सञ्चारकर्मीबाट सञ्चार गृहको मालिक बनेका लामिछानेले सहकारी सञ्चालक जिबी राइसँग मिलेर देशभर विभिन्न सहकारीबाट करोडाैं रूपैयाँ हिनामिना गरेको अभियोग छ। साथै उनको व्यक्तिगत, परिवारका सदस्य र आफन्तजनको खातामा समेत श्रोत नखुलेको रकम फेला परेको भन्दै सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी मुद्दामा पनि उनलाइ प्रतिपक्षी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS