IME Life New

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेविरूद्ध पक्राउ पूर्जा जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। कास्की जिल्ला अदालतको अनुमतिबाट जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारी संस्था लिमिटेडसम्बन्धी अनुसन्धानका क्रममा सोधपुछका लागि लामिछानेलाइ पक्राउ गर्न प्रहरी कार्यालयले पक्राउ गर्न पत्र जारी गरेको हो।

सहकारी ऐनले परिभाषित गरेको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाइ पक्राउ गरी उपलब्ध गराइ दिन जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालयको केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर भद्रकालीलाइ अनुरोध गरेको छ।

Esewa
Crest

कृष्ण प्रसाद जैसी समेतको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुइ महिना अघि देखि नै सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताको बचत रकम ठगी प्रकरणमा सहकारीका पूर्व अध्यक्ष गितेन्द्र बाबु राइ समेत विरूद्ध अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अनुसन्धानका सिलसिलामा पक्राउ गर्न जिल्ला अदालतले लामिछाने सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पुर्जा जारी गरिएका अन्यमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् । यसैगरी विज्ञान राई, देवेन्द्रबाबु राई,  वीरबहादुर रानाभाट, ओमप्रकाश गुरुङ, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

सहकारी ठगी प्रकरण सम्बन्धनमा सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम झिकेर लगानी गर्दा हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ । गोरखा मिडियाले काठमाडाैंमा ग्यालेक्सी फोर के टेलिभिजन च्यानल सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS