IME Life New

राष्ट्रिय स्वतन्त्र पार्टीको ५० सिट जित्ने दाबी, तेस्रो ठुलो दल बन्ने आकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक मत गणनालाई आधार मान्दै प्रत्यक्ष र समानुपातिक गरेर ५० सिट जिन्ने दाबी गरेको छ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १५ देखि २५ सिट जिन्ने आकलन गरेको छ । त्यस्तै समानुपातिकमा ३५ देखि ४० सिट जिन्ने अनुमान समेत गरेको छ ।

प्रारम्भिक मत गणनामा अधिकाम्स स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता दिएको थियो । प्रारम्भिक रुपमा अग्रता दिए पनि कतिपय स्थानमा विस्तारै विस्तारै दोस्रो तेस्रो स्थानमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिको सबैभन्दा धेरै प्रभाव चितवन र काठमाडौंमा देखिएको छ । यदि यसले प्रत्यक्षमा जित्यो भने यहि दुई जिल्लामा बाजी मार्न सक्ने देखिन्छ ।

Esewa
Crest

प्रत्यक्षमा जस्तोसुकै परिणाम आए पनि यस पटक तीन प्रतिशतको थ्रेसहोल कटाएर राष्ट्रिय पार्टी बन्ने पक्का छ । मतदाताको भोटिङ प्याट्रन चेन्ज भएको अनुमान समेत गरिएको छ । हिजोका दिनमा परम्परागत दलहरुलाई निरन्तर मत दिदै आएका मतदाताले समेत यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीमा हालेका छन् । चुनाव अगाडी कुनै पनि प्रक्षेपण नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले मत गणनाको प्रारम्भिक गणनालाई आधार मानेर आकलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

8%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS