IME Life New

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज जेठ १० गते बसेको बैठकले खनाललाई बैंकको सीईओमा नियुक्त गरेको हो। उनलाई ४ वर्ष अवधिका लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिएका छन्।

Esewa
Crest

यसअघि बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिले सीईओ पदका लागि पाँचजनाको नाम सर्टलिस्ट गरेको छ। जसमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए। बाँकी चारजना उम्मेदवारलाई पछि पार्दै खनाल सीईओमा नियुक्त हुन सफल भका हुन्। उनी यसअघि बैंकको कामु सीईओ थिए।

समितिले सीईओका लागि सर्टलिस्ट भएका उम्मेदवारहरुको अन्तरवार्ता तथा प्रस्तुतीकरण हिजो जेठ ९ गते लिएको थियो। शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने पाँच उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको थियो।

उम्मेदवारहरुले अन्तर्वार्तामा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरेका थिए। सोही आधारमा सञ्चालक समितिले ती ५ जनामध्ये खनाललाई सीईओ नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS