IME Life New

राष्ट्रिय बीमा संस्थान ५६ वर्षमा प्रवेश, ‘पुरानो कोट फ्याकेर नयाँ कोट फेर्ने अन्तिम चरणमा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५५ वर्ष पुरा गरी ५६ ‌औं वर्षमा प्रवेश गरेको छ । बीमा सेवा प्रदायकको रुपमा सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय बीमा संस्थान सफलताका साथ आजदेखि ५६ औं वर्षमा प्रवेश गरेको हो । नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्वलाई जनमानसमा बोध गराउँदै नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चितता गर्न, जीवन बीमाको माध्यमबाट बीमाको पहुँच बृद्धि गर्न तथा वित्तीय श्रोतको परिचालन गरी अर्थतन्त्रको सुदृढीकरण गर्न संस्थानले सशक्त भुमिका निर्वाह गर्दै आएको छ ।

संस्थानले यस अभियानमा सहयोग पुर्याउने नेपा सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, अन्य बैंक तथा वित्तीय संस्थाहरु, संस्थागत तथा व्यक्तिगत बीमित अभिकर्ता, पुनर्बीमक लगायत सबै सरोकारवाल र शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरेको छ । आगामी दिनमा संस्थानले उपलब्ध गराउने सेवाहरु अझ छिटो छरितो, सहज गुरणस्तरीय र विश्वसनीय बनाउदै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Esewa
Crest

२०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना एक निजी कम्पनीको रूपमा भएको थियो । स्थापनाकालमा संस्थानको अधिकृत पूँजी १ करोड मात्र थियो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भइसकेपछि २०२५ पुस १ गतेदेखि यसले संस्थागत रूप लिएको हो । संस्थानको स्थापना पुस एक गते भए पनि बीमा व्यवसायको शुभारम्भ भने २०२४ फागुन ११ गतेदेखि शुरु गरेको थियो । संस्थानले पहिलो बीमा राजा महेन्द्रको गरेको थियो ।

बीमा ऐन २०७९ लागु भए सँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भइसकेको छ । ऐनले संस्थानलाई एक वर्षभित्र कम्पनी ऐन अन्तर्गत रहेर पुर्ण रुपमा बीमा ऐन २०७९ अन्तर्गत रहन समय दिएको छ । संस्थानले २०७१ सालसम्म जीवन र निर्जीवन दुबै व्यवसाय गर्दै आएको थियो । २०७१ देखि भने संस्थानले जीवन बीमा व्यवसाय मात्रै गर्दै आइरहेको छ ।

संस्थानले सबै प्रदेशमा गरी २३ शाखा कार्यालयबाट जीवन बीमाको व्यवसाय गर्दै आइरहेको छ । व्यवसायलाई प्रविधिमैत्री बनाउने क्रममा हाल कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन शुरू गरिसकेको छ ।

बीमा ऐन २०७९ तथा नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप संस्थानले ५ अर्ब चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेको छ । जस मध्ये ७० प्रतिशत संस्थापक र सर्वसाधारण समुहको ३० प्रतिशतका लागि आइपिओ निष्काशन गर्ने योजना बनाएको छ ।

हाल संस्थान सँग लगानी योग्य रकम ४५ अर्ब रुपैयाँ रहेको छ । यस्तो रकम हरेक वर्ष ५ अर्बका दरले बढ्दै गइरहेको संस्थानले जनाएको छ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा करीब साढे ५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको संस्थानले यस वर्ष १२ अर्ब रुपैयाँ संकलन गर्ने अनुमान छ । एकदशकदेखि लेखापरीक्षण हुन नसकेको संस्थाले चालु आर्थिक वर्षभित्रै पुरा गर्ने बताउदै आएको छ । त्यसका लागि अहिले चार्टर्ड एकाउन्टेन्ट, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट कन्ट्र्याक्टमा लिन लागेका छ ।

राष्ट्रिय बीमा संस्थान यस्तो चरणमा आइपुगेको छ  जहाँ ५५ वर्षको विरासतबाट परिवर्तित व्यवस्थालाई अंगाल्नुपर्ने अन्तिम चरणमा प्रवेश गरेको छ । संस्थानले आगामी कार्तिक २२ गते भित्र राष्ट्रिय बीमा संस्थान ऐन २०२५ लाई त्यागेर बीमा ऐन २०७९ को मातहतमा आउनु पर्नेछ । यस सँगै छुट्टै ऐनबाट सञ्चालित संस्थान अव अन्य कम्पनीकै हैसियतमा व्यवसायिक प्रतिस्पर्धामा उत्रिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS