IME Life New

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा सवा ३ अर्ब माथि, मुक्तिनाथलाई पछ्याउँदै गरिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले सवा ३ अर्ब रुपैयाँ बढी कमाउन सफल भएका छन्। राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ८ महिनाको अवधिमा ३ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्।

यी विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ रहेको छ। यो बैंकले मात्रै ६५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रोमा गरिमा रहेको छ। गरिमाले यो ८ महिनामा ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Esewa
Crest

शाइन रेसुंगा ५२ करोड २७ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ भने महालक्ष्मी विकास बैंक ४० करोड ७० लाख रुपैयाँ नाफाका चौथौ स्थानमा रहेको छ।

यसैगरी फागुनसम्म कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ, लुम्बिनीले २७ करोड ९७ लाख रुपैयाँ, ज्योतिले २५ करोड ७७ लाख रुपैयाँ र सांग्रिलाले २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS