IME Life New

राष्ट्रियस्तरका विकास बैंकः धेरै नाफा कमाउनेमा मुक्तिनाथ शीर्ष स्थानमा, गरिमालाई पछि पार्यो शाइन रेसुंगाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकले कुल डेढ अर्ब रुपैयाँ माथि नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ८ वटा विकास बैंकले कुल १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। उच्च नाफा आर्जन गर्नेमा मुक्तिनाथ अग्रस्थानमा रहेको छ। यो बैंकले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।

Esewa
Crest

यसैगरी धेरै नाफा कमाउनेमा शाइन रेसुंगा दोस्रो स्थानमा रहेको छ। शाइन रेसुंगाले २५ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गरिमा २४ करोड ४ लाख रुपैयाँ खुद नाफाका साथ तेस्रो स्थानमा रहेको छ।

यो ४ महिनामा लुम्बिनीले १८ करोड १० लाख रुपैयाँ, महालक्ष्मीले १७ करोड १५ लाख रुपैयाँ र कामना सेवाले १७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

यसैगरी ज्योतिले ११ करोड २० लाख रुपैयाँ र सांग्रिलाले १० करोड २० लाख रुपैयाँ नाफा कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS