IME Life New

राष्ट्रियस्तरका विकास बैंकमा कसको ईपीएस धेरै ? पीईका आधारमा कुन अन्डरभ्याल्युड ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।

सबै ८ विकास बैंक नाफामा रहेको अवस्थामा गरिमा विकास बैंकको सर्वाधिक प्रतिशेयर आम्दानी (ईपीएस) रहेको छ। बैंकको ईपीएस १९.३४ रुपैयाँ रहेको छ।

Esewa
Crest

दोस्रो धेरै ईपीएस कामना सेवा विकास बैंकको रहेको छ। यो बैंकको ईपीएस १८.३७ रुपैयाँ रहेको छ। तेस्रोमा मुक्तिनाथ विकास बैंकको १४.२८ रुपैयाँ रहेको छ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)का आधारमा गरिमा विकास बैंकको सबैभन्दा कम पीई रेसियो रहेको छ। पछिल्लो शेयरमूल्यलाई आधार मान्दा गरिमा विकास बैंकको पीई रेसियो २०.५८ गुणा रहेको छ।

त्यस्तै दोस्रोमा कामना सेवा विकास बैंकको पीई रेसियो २४.७१ गुणा रहेको छ।(नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS