IME Life New

राष्ट्रपति र उपराष्ट्रपतिको क्षेत्रमा उपनिर्वाचनको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको चैत ६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्न मिति तोक्नुका साथै उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरेको हो ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा माननीय रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भई तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य रिक्त भएको र २०७९ चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा माननीय रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भई बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य रिक्त भएको हो ।

Esewa
Crest

यसरी रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट हुने व्यवस्था बमोजिम आयोगले उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको छ । जसअनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी गर्ने र आयोगको मिति २०७९ फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम, २०७९ बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीकै आधारमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन समेत सम्पन्न गर्ने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS