IME Life New

राष्ट्रपति पोडैलद्धारा नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् । लामो समयदेखि रिक्त रहेको विभिन्न मन्त्रलयमा मन्त्री नियुक्त गरेसँगै शपथ ग्रहण गरिएको हो ।

शपथ ग्रहण गर्नेमा नेपाली कांग्रेसको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र शहरी विकास मन्त्री सीता गुरुङ रहेका छन् ।

Esewa
Crest

यसैगरी जनता समाजवादी पार्टीबाट विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, एकीकृत समाजवादीबाट कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका बेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वालाले शपथ ग्रहण गरेका हुन् ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका माओवादी केन्द्रका नेता शक्ति बस्नेत, श्रममन्त्री बनेका लोसपाका नेता शरदसिंह भण्डारी, महिला बालबालिका मन्त्री बनेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, भूमि व्यवस्था मन्त्री बनेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS