IME Life New

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा मतदाताका लागि तोकियो कागजात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि कागजातहरु तोकेको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र २०७९ चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका आयोगबाट निर्णय भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका सदस्य र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ । दुबै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा, नेपाली नागरिकताको प्रमाण पत्र वा, सम्बन्धित संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र वा, निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था गर्ने आयोगले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS