IME Life New

राष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएको छ । मंगलबार मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रीपरिषदको विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने बताएकी हुन् ।

राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेको हुनाले त्यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम नभएको तर निर्धारित समयभित्रै विश्वासको मत लिइने प्रवक्ता शर्माले बताइन् ।

Esewa
Crest

नयाँ गठबन्धन बनेकोले सरकारमा के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको छ । सरकारमा कोको जाने भन्नेबारे टुङ्गो लागेपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS