IME Life New

राष्ट्रपतिको कार्यालयबाट दुई विद्येयक प्रमाणीकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई विद्येयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको दुई विद्येयक प्रमाणीकरण गरेकी हुन् ।

जसमध्ये शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक प्रमाणीकरण भएको हो । उक्त विद्येयक २०७९ असोज ९ गते राष्ट्रपतिको कार्यालयमा पेश भएको थियो । साथै कारागार सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विद्येयक पनि पारित भएको छ । सो विद्येयक असोज ९ गते राष्ट्रपतिको कार्यालयमा प्रमाणिकरणका लागि पेश भएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS