IME Life New

राप्ती हाइड्रोको प्रिअलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राप्ति हाइड्रोपावरको प्रिअलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको शेयर बाँडफाँड भोलि विहान ९ बजे हुने कार्यतालिका रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असार २९ गते निष्काशन गरेको उक्त शेयरमा १५ लाख ३८ हजार ६८८ जनाले १७ करोड २६ लाख ६५ हजार कित्ताको लागि आवेदन दिएको छन् । जुन माग भन्दा ७.९३ गुणा बढीको आवेदन हो । कम्पनीले कर्मचारीका लागि सर्वसाधारण समुहको शेयर मध्येबाट ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि आह्वान गरिएको थियो ।

Esewa
Crest

आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS