IME Life New

राधी विद्युतले कार्तिक २९ देखि १३ लाख कित्ता शेयर लिलामीमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीले कार्तिक २९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

शेयर लिलामको मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ ।

Esewa
Crest

कम्पनीको शेयरको मूल्य न्युनतम १ सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

कम्पनीले असोज ५ गतेदेखि असोज २५ गतेसम्म हाल कायम चुक्ता पुँजीको १ः१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना शेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता शेयर बाँडफाँड गरिएको थियो । बिक्रि नभएको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा आएको हो ।

यस लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी भक्तपुर, कुमारीपाटी(ललितपुर, इटहरी, विराटनगर, इलाम, विर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौडा, पृथ्विचोक पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, तुल्सीपुर(दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ। इच्छुक लगानीकर्ताले मङ्सिर ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS