IME Life New

राधी विद्युतको साधारण सभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो ।

सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बोनश शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पूँजीको १४७.४२ प्रतिशत (१ः१.४७५२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिने प्रस्ताव पारित भएको छ ।

सभाको अन्य प्रस्तावमा नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS