IME Life New

राधी विद्युतको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार उक्त शेयर मंसिर १६ गते बाँडफाँड गरिएको हो। हकप्रदमा नपरेको पैसा मंसिर २० गतेदेखि आवेदकहरुले आफ्नो आवेदन फाराममा उल्लेख गरेको को बैंक खातामा फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

कम्पनीले कार्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म सर्बसाधारण समुहको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा ल्याएको थियो । उक्त शेयर बाँडफाँड गरेको हो ।

Esewa
Crest

लिलामीको शेयरको कट अफ मूल्य १९५ रुपैयाँ कायम भएको क्यापिटलले जनाएको छ । १९५ भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् । १९५ रुपैयाँमा कबुल गर्नेले सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर पाएका छन् ।

हकप्रद शेयर बाँडफाँड भएसँगै अब कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भई लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदविक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS