IME Life New

रसुवागढीको आइपिओमा प्रभावित बासिन्दाले आवेदन नदिए पछि पुनः २१ दिन म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीमा प्रभावित क्षेत्रका बासिन्दाले आवेदन नदिए पछि पुनः २१ दिन म्याद थप गरिएको छ । कम्पनीले ढिलोमा आज साउन १० गतेसम्म बिक्री खुला गर्ने सूचना जारी गरेको थियो । तर प्रभावित क्षेत्रबा बासिन्दाले माग बराबरको लागि आवेदन नदिए पछि नेपाल धितोपत्र बोर्डको अनुमतिमा थप २१ दिन म्याद थपेको हो ।

कम्पनी स्थानीय बासिन्दाका असार १३ गतेदेखि प्रतिकित्ता १०० अंकित दरमा रु. ६८ करोड ४२ लाख १० हजार मूल्यबराबरको ६८ लाख ४२ हजार एक सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको थियो । प्रभावित बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार एक सय कित्ता सेयर आयोजनाबाट अतिप्रभावित गोसाइँकुण्ड गाउँपालिका– १ र २, प्रभावित आमाछोदिङमा गाउँपालिका– ४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ का साथै सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोवास गर्ने जिल्लावासीमा ४.५ : १.५ : १ का दरले सेयर बाँडफाँट गरिने आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बग्ने भोटेकोसी नदीमा एक सय ११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS