IME Life New

रविलाई पक्राउ गर्ने चितवनका एसपीविरुद्ध कीर्ते मुद्दा दर्ता हुँदै (अपडेट) प्रहरीद्वारा दर्ता गर्न इन्कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपडेटः सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरी विरुद्ध नै कीर्ते मुद्दा दर्ता गर्न टेकु पुगेकी लामिछानेकी श्रीमती निकिता पौडेललाई काठमाडौं प्रहरी परिसरले उजुरी दर्ता नै नगरी फर्काएको छ । उजुरी दर्ता गर्न भन्दै झण्डै दुई घण्टा काठमाडौं प्रहरी परिसरमा टेकुमा बिताएका उनीहरु हालै त्यहाँबाट फर्केका छन् ।

…………………………………….

Esewa
Crest

रविलाई पक्राउ गर्ने चितवनका एसपीविरुद्ध कीर्ते मुद्दा दर्ता हुँदै

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने पक्राउका विरुद्धमा चितवनमा दैनिकजसो विशाल प्रदर्शन भइरहेको छ । ठूलो जमात रवि लामिछानेलाई नियोजित रुपमा फसाउने षडयन्त्र रचिएको भन्दै विरोधमा उत्रिएका बेला पक्राउ गर्न मुख्य भूमिका खेल्ने चितवन प्रहरीका विरुद्धमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता हुँदैछ ।

श्रीमती निकिता पौडेल (लामिछाने)ले रवि लामिछानेलाई पक्राउ गर्ने कार्यमा संलग्न चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लसहित तीन जनाविरुद्धमा उजुरी दर्ता गर्न लागेकी हुन् । उनी टेकुस्थित प्रहरी कार्यालयमा पुगिसकेकी छिन् । तर, त्यहाँ कार्यालय प्रमुख नभएको भन्दै दर्ता गर्न ढिलाई भएको छ । अन्य दुई जनामा जनआस्था साप्ताहिकका पत्रकार किशोर श्रेष्ठ तथा नेपाल आज अनलाईनका सम्पादक संकेत कोइराला छन् । नेपाल आज भन्ने अनलाईनले शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक गरेका थिए ।

आफ्ना वकिलसहित टेकु पुगेकी निकिताले मुलुकी फौजदारी सहिंता–२०७४ को दफा २७६ र २७७ मुलुकी अपराध सहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनको बुँदामा टेकेर उजुरी दर्ता गर्न लागेकी हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS