IME Life New

रन शुजले बजारमा ल्यायो २६ डिजाइनका जुत्ताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपभोक्ताहरुको चाहना विक्रेताको भावना तथा बदलिदो फेसनलाई मध्यनजर गर्दै नजिकै आउँदै गरेको चाडपर्वहरुलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिज प्रा.लि. ले “नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ ।

विशेषत पछिल्लो समयमा लेडिज स्पोर्टस् शुज नेपाली ब्राण्डमा कमैमात्र बजारमा पाइने अवस्थामा महिला र पुरुष दुबै वर्गको लागि जुत्ताहरु बजारमा ल्याएको छ । समय र ग्राहकको चाहना अनुसार विभिन्न कलरहरुमा उपलब्ध जुत्ताहरुले आम उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

Esewa
Crest

स्पोर्टस्, फेन्सी तथा युवाहरुको चाहना अनुसार पार्टि, क्याजुयल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन् । रन शुजका उत्पादनहरु उच्च गुणस्तरको प्लेक्जीबल इनरसोल, नचिप्लिने रवर तथा पियुको सोलहरुमा बजारमा उपलब्ध छन् । रन ब्राण्डका जुत्ताहरुमा गुणस्तरीय म्याटेरियल प्रयोग भएकोले रन ब्राण्डका जुत्ताहरु लगाउँदा आरामदायी लचकरदार बलियो साथै रिजनेबल पनि छन् ।

रन शुजकोे आजसम्ममा १००० भन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् साथैे यसले ७७ वटै जिल्लाका मुख्य शहर तथा बजारहरुमा बिक्री वितरण गर्दै आएको छ ।

निकट भविष्यमा यस कम्पनीका जुत्ता तथा चप्पलहरु बिदेशी बजारमा निर्यात गर्नको लागि गृहकार्य भैरहेको छ । यस कार्यले देशले व्यहोर्दै आएको व्यापार घाटालाई घटाउन टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS