IME Life New

रतन टाटाको कम्पनीमा काम गर्थे, एउटा कोठाबाट सुरु गरे व्यापार, अहिले १३५०० करोडको मालिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरत देसाई व्यापार जगतमा चर्चित नाम हुन्। उनी विश्वका धनी व्यक्तिमा गनिन्छन्।

आईआईटी बम्बेबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गरेका देसाई रतन टाटाको कम्पनी टीसीएसमा काम गर्न सन् १९७६ मा अमेरिका गए। तर, उनको कथा यहीँ टुंगिँदैन। उनले आफ्नी श्रीमती निरजा सेठीसँग मिलेर सन् १९८० मा मात्रै २ हजार डलर (१.५ लाख) को लगानीमा आईटी परामर्श र आउटसोर्सिङ कम्पनी सिन्टेल सुरु गरे। यो यात्रा सहज थिएन। उनले आफ्नो कम्पनी मिसिगनमा रहेको एउटा कोठाको अपार्टमेन्टबाट सुरु गरेका थिए। उनको मेहनत र लगनशीलताले सार्थकता पायो। आज देसाई १.६ अर्ब डलर (भारु १३५०० करोड) सम्पत्तिका मालिक छन्।

Esewa
Crest

भरत देसाईको जन्म नोभेम्बर १९५२ मा केन्यामा भएको थियो। उनी भारतमा हुर्केका हुन्। उनले आईआईटी बम्बेबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गरे। देसाईले स्टिफन एम रस स्कुल अफ बिजनेसबाट फाइनान्समा एमबीए पनि गरे। सन् १९७६ मा देसाई अमेरिका गए अनि टीसीएसमा प्रोग्रामरका रुपमा सामेल भए। टीसीएसमा काम गर्दा उनको भेट निरजा सेठीसँग भयो। त्यसपछि देसाई र निरजाको विवाह भयो।

देसाई दम्पती मिसिगनको एउटा अपार्टमेन्टमा बस्थे। त्यही बेला उनले आफ्नै कम्पनी खोल्ने निर्णय गरे। देसाईले सन् १९८० मा आफ्नी श्रीमती निरजासँग मिलेर आफ्नै आईटी परामर्श र आउटसोर्सिङ कम्पनी सिन्टेल खोलेका थिए। आफ्नो पहिलो वर्षमा सिन्टेलले बिक्रीमा ३० हजार डलर कमायो। सन् २०१८ सम्म कम्पनीको राजस्व आम्दानी ९० करोड डलरसम्म बढ्यो। यसले फ्रान्सेली आईटी कम्पनी एटोस एसईको ध्यान खिच्यो।

एटोस एसआईले सिन्टेललाई ३.४ अर्ब डलर नगदमा प्राप्त गरेको थियो। तर, पछि एटोसका तर्फबाट देसाईविरुद्ध मुद्दा दायर गरिएको थियो। कम्पनीले मर्जरअघिको दायित्व लुकाएको आरोप लगाएको थियो। मुद्दा सन् २०२३ मा खारेज गरियो।

देसाई अहिले आफ्नो परिवारसँग फ्लोरिडाको फिसर आइल्यान्डमा बस्छन्। उनी परोपकारी काममा सहयोग गर्छ। देसाई डेट्रोइटको ‘पेन्ट द टाउन’ पहलमा संलग्न छन्।

देसाईलाई सन् १९९६ मा यूएस टुडे र नास्डकबाट ‘एन्टरप्रेन्योर अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो। फोर्ब्सले पनि सिन्टेललाई ‘अमेरिकाको उत्कृष्ट २०० साना कम्पनीहरु’ मध्ये एकका रुपमा मान्यता दिएको छ। देसाईको कथा सफल व्यवसाय सुरु गर्ने सपना देख्नेहरुका लागि प्रेरणा हो। उनले उच्च पारिश्रमिकको जागिर छोडेर आफ्नै बलमा एउटा कम्पनी स्थापना गरे। जुन आज विश्वको चर्चित कम्पनीमध्ये एउटा हो।

दृढ इच्छाशक्ति र मेहनत गर्ने जोश भए असम्भव केही छैन भन्ने कुरा देसाईले प्रमाणित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS