IME Life New

यो साता बीमा कम्पनीका शेयर कतिले बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ :यो  साता  बीमा कम्पनीको शेयरमा निकै चहलपहल देखिएको छ। साताको अन्तिम कारोवार दिन बिहीबार सर्वाधिक कारोवार हुने ५ कम्पनीको सूचीमा पाँच वटै जीवन बीमा कम्पनीहरु परेका छन्। यो साताको तथ्यांकलाई आधार मान्दा जीवन बीमा कम्पनी भन्दा निर्जीवन बीमा कम्पनीका शेयरधनीले कमाएको देखिन्छ।

जीवन बीमा कम्पनीमा यो साता  कति कमाए लगानीकर्ताले ?
यो साता एसियन लाईफ इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक १२ दशमलव ६० प्रतिशतले कमाए। एसियन लाईफको अघिल्लो साता ५०८ मा बजार बन्द भएकोमा यो साता एसियन लाईफको प्रति कित्ता ५७२ रुपैयामा बजार मूल्य बन्द भएको छ।  त्यस्तै सूर्या लाइफको शेयर मूल्य ११ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ। यो साता  लाईफ इन्स्योरेन्स कर्पोरेशनको बजार मूल्य मात्र घटेको छ। गत साता १२५३ मा बजार मूल्य बन्द भएकोमा यो साता ३ रुपैया घट्दै प्रति कित्ता १२५० मा बजार मूल्य बन्द भएको छ।

Esewa
Crest

निर्जीवन बीमा कम्पनीमा यो साता  कति कमाए लगानीकर्ताले ?
यो साता  एभरेस्ट इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक २० दशमलव ८१  प्रतिशतले कमाए। एभरेस्ट इन्स्योरेन्सको अघिल्लो साता ३४६ मा बजार बन्द भएकोमा यो साता एभरेस्ट इन्स्योरेन्सको प्रति कित्ता ४१८ रुपैयामा बजार मूल्य बन्द भएको छ।  त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य १७ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS