IME Life New

यो साता पनि दोहोरो अंकले घट्यो नेप्से, यस्तो देखियो बजारको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा बिक्री चाप आएसँगै यो साता नेप्से परिसुचक झण्डै ११ अकले घटेको छ । यो साता नेप्से १० दशमलव ९७ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार विहीबार नेप्से परिसुचक १२२४ दशमलव ०३ को विन्दुमा गएर बन्द भएको थियो भने यो साताको अन्तिम कारोबार विहीबार नेप्से परिसूचक १२१३ दशमलव ०६ को बिन्दुमा गएर बन्द भएको छ ।

यो साता आइतबार नेप्से १२१४ दशमलव ८३ को विन्दुमा बन्द भएको छ । विहीबार १२२२ दशमलव ०६, मङगलबार १२१३ दशमलव ६३, बुधबार १२१४ दशमलव ०५ को बिन्दुमा गएर बन्द भएको छ ।
यो साता दोस्रो बजारमा ६१ लाख कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ५४ करोड ५९ लाख रुपैयाँ बराबरकोे कारोबार भएको छ । अघिल्लोे साता दोस्रो बजारमा ७५ लाख ३८ हजार कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ७८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

यो साता सबैभन्दा धेरै सोल्टी कारोबार भएको छ । जसको १० करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । यो साता टप टन कारोबार हुने कम्पनीहरुमा एनआइसी उशिया बैंक, रसुवागडी हाइड्रोपावर, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नविल बैंक र शिवम् सिमेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS