IME Life New

यो कस्तो लिस्ट ? शीर्ष २१ सम्म चिनियाँ सहर मात्रै समावेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका विश्वको महाशक्ति राष्ट्र हो। चीन अहिले दोस्रो ठूलो अर्थतन्त्र हो। चीनले विगत केही वर्षदेखि आफ्नो हैसियत बढाउने प्रयास गरिरहेको छ। तर, एक हिसाबले चीनले संसारलाई धेरै पछाडि छोडेको छ।

विश्वमा सबैभन्दा धेरै क्यामेरा भएका सहरहरुमा चीनको वर्चस्व छ। उसको नजिक पनि कोही छैन। चिनियाँ सरकारले आफ्ना जनताको हरेक गतिविधिमा कडा निगरानी राख्छ। यही कारणले गर्दा चिनियाँ सहरहरु विश्वका सबैभन्दा बढी निगरानी गरिएका सहरहरुको सूचीमा शीर्ष १ देखि २१ परेका छन्।

Esewa
Crest

चीनको औद्योगिक सहर शेन्जेनमा सबैभन्दा धेरै क्यामेरा छन्। प्रत्येक वर्ग माइलमा ७ हजार ४६२ क्यामेरा जडान गरिएको छ।

यो सूचीमा चीनको वुहान सहर दोस्रो स्थानमा छ। यो सहरबाट सन् २०१९ मा कोरोना महामारी सुरु भएको थियो। वुहानमा प्रत्येक वर्ग माइलमा ६ हजार ४८८ क्यामेरा जडान गरिएका छन्।

अर्को नम्बरमा चीनको औद्योगिक राजधानी सांघाई छ। यस सहरको प्रत्येक वर्ग माइलमा ५ हजार २३९ क्यामेरा जडान गरिएका छन्। जसले त्यहाँ हुने हरेक गतिविधिमाथि नजर राख्छन्।

त्यसपछि चीनकै विभिन्न सहर छन्। चीनको राजधानी बेइजिङमा प्रत्येक वर्ग माइलमा १ हजार ५०० क्यामेरा जडान गरिएको छ। बेइजिङ यस सूचीमा २१ नम्बरमा छ। जब कि भारतको दिल्ली सहरमा प्रत्येक वर्ग माइलमा १ हजार ४९० क्यामेरा जडान गरिएको छ। दिल्ली यो सूचीमा २२ औँ स्थानमा छ।

दक्षिण कोरियाको राजधानी सियोलमा प्रत्येक वर्ग माइलमा ६१८ क्यामेरा जडान गरिएको छ। यो सूचीमा सियोल ३५ औँ स्थानमा रहेको छ।

सिंगापुर प्रत्येक वर्ग माइलमा ३८७ क्यामेरा जडान गरिएको छ। सिंगापुर ४० औँ स्थानमा रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS