IME Life New

यूनियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७३ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमालेखहरुमा उक्त बोनशदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले न्युनतम प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

Esewa
Crest

सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजना
कम्पनीले न्युनतम प्रतिहजार २९ रुपैयाँदेखि ७१ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार २९ रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७१ रुपैयाँ कायम भएको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै २५ हजार ९ सय ५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)
सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)को हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि प्रति हजार २८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ४१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीकोे यस बीमालेख १० देखि १४ वर्ष अवधिको सात सय १३ सय १४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना
सिमित भुक्तानी सावधिक जीवन बीमा योजनाको हकमा पनि कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ६ सय ८० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना
कम्पनीको सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले यस बीमालेख १५ देखि १९ वर्ष अवधिको २ हजार ६ सय १५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना
सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना
वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार १९ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख २० देखि २४ वर्ष अवधिको २५ हजार १ सय ७३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनाको हकमा १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम भएको छ । त्यस्तै, २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ४१ रुपैयाँ बोनसदर कायम भएको छ ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको १२ सय ९३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २७ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, जीवन आधार जीवन बीमा योजना र जीवन सम्पन्न बीमा योजनामा कम्पनी सबै अवधिका योजनाहरुमा एउटै बोनसद कायम गरेको छ । यस दुई बीमा योजनामा कम्पनीका बीमितहरुले ५० रुपैयाँ बोनस पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

40%
sad

दु :खी

10%
amazed

अचम्मित

10%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS