IME Life New

यूनियन लाइफद्धारा ६ महिनामा १ अर्ब ९६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आवको सोही अवधिमा २ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३५ प्रतिशतले बढी हो ।

Esewa
Crest

दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जगेडा कोषमा ७३ करोड १३ लाख रुपैयाँ र जीवन बीमा कोषमा ३८ अर्ब १ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा २३ हजार ५२ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।गत बर्षको तुलनामा कम्पनीको नाफा १७ प्रतिशतले घटेको छ।

जीवन बीमा कम्पनीहरुको हकमा नाफा लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS