IME Life New

युवा उद्यमशीलता प्रबर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमीबीच सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युवा उद्यमशीलता प्रबर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्च बीच युवा उद्यमीहरुको नवीन सोंचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो ।

हालै भारतको नयाँ दिल्ली भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रि युवा नेतृत्व मञ्च शाश्वत गोयन्काले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

यस समझादारी अनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल,अन्तरक्रिया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहनलगायतका कार्यक्रम गरिने मञ्चले जनाएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल उद्योग परिसंघले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो । यस्तै फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्सएण्ड इन्डष्ट्रि योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो ।

सन् २००५ अगष्ट १५ मा गठित सिएनआईवाइईएफको नेतृत्वमा हालै काठमाडौंमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्यूभेसन सेन्टर स्थापना लगायतका काम भईरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS