IME Life New

युनिलिभर नेपालको नाफा ७७ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७७ दशमलव ४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।

Esewa
Crest

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३१ दशमलव ८५ प्रतिशतले बढेको छ । अन्य आम्दानी ३९ दशमलव ८८ प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी ३२ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीेको प्रति शेयर आम्दानी ६७६ रुपैयाँ २२ पैसा रहेको थियो । चालु आर्थिक वर्षको यस अवधिसम्ममा कम्पनीको प्रति शेयर आम्दानी १ हजार १९९ रुपैयाँ ७८ पैसा पुगेको छ। यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार ७२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS