IME Life New

युनियन लाईफको अर्को फड्को, बीमाशुल्कमा ८७ प्रतिशत वृद्धि, अन्य सूचांक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यसअघि पुराना जीवन बीमा कम्पनीहरुलाई उछिन्दै अघि बढेको युनियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रौमासमा अन्य प्रतिस्पर्धी कम्पनीहरुलाई कडा चुनौति दिन सफल भएको छ ।युनियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ८७ प्रतिशतले बीमाशुल्क आर्जनमा वृद्धि गर्न सफल भएको आइतबार सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले असोज मसान्तसम्ममा ७९ करोड ३१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोही अवधिमा ४२ करोड ४६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ९९ प्रतिशतले वृद्धि हुँदै ७७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्ष सोही अवधिमा कम्पनीले ३ करोड करोड ६७ लाख रुपैयाँ कमाएको थियो । यद्यपि मुनाफा भने बीमाङ्कीय मूल्याङ्कनको क्रममा फेरबदल हुन सक्नेछ ।

कम्पनीको जगेडा कोषमा ४५ करोड ५२ लाख रुपैयाँ संचित भएको छ भने जीवन बीमा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ ।असारमसान्तसम्म्मा कम्पनीले ५ हजार ८ सय ६४ वटा बीमालेख जारी गरेको छ भने १६ करोड ५१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

…………………..

अपडेटः
युनियन लाईफ इन्स्योरेन्स कम्पनीको खुद नाफा केही संशोधन हुने देखिएको छ । वित्तीय विवरण प्रकाशनको क्रममा २२ करोड ३८ लाख ९२ हजार २७१ रुपैयाँ खूद मुनाफा देखिएको युनियन लाईफको मुनाफा ऋणात्मक करका कारण प्रभावित भएको हो । सो कम्पनीको वित्तीय विवरण अनुसार चालु आवको छ महिनाको कूल आम्दानी १२ करोड २४ लाख ३७ हजार २३ रुपैयाँ हो भने खर्च चार करोड ५० लाख ५५ हजार ९७६ रुपैयाँ खर्च गरी कूल सात करोड ७३ लाख ८१ हजार ४७ रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । कम्पनीको १४ करोड ६५ लााख ११ हजार २२४ रुपैयाँ आयकर ऋणात्मक रहेकाले मुनाफा बृद्धि भएको सो बीमा कम्पनीले जनाएको छ । सञ्चालन मुनाफा भने सात करोड ७३ लाख ८१ हजार ४९ रुपैयाँ मात्रै भएको समेत कम्पनीले स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS