IME Life New

युनिक नेपाल लघुवित्तको नाफा २९३ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २९३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८२ लाख २० हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै ३ करोड २३ लाख ६९ हजार नाफा कमाएको छ ।

Esewa
Crest

कम्पनीको चुक्ता पूँजी ९ करोड ६८ लाख रहेको छ भने जगेडामा २१ करोड ८१ लाख सञ्चित रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ५७ करोड ७९ लाख ७२ हजार सापटि लिएर, २ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन गरेर ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS