IME Life New

युनाईटेड इदी मर्दीले वितरण गर्न शुरु गर्यो नगद लाभांंश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नगद लाभांंश वितरण गर्न शुरु गरेको छ । कम्पनीको मंसिर २८ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले कूल १० दशमलव ५३ प्रतिशत करसमेत लाभांश पारित गरेको थियो ।

उक्त लाभांश पुस १८ गतेदखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न शुरु गरिएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते एक दिन बुक क्लोज गरेकाले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका छन् ।

Esewa
Crest

बुक क्लोजको दिनसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने कम्पनीे जनाएको छ ।

यदि मंसिर १६ गतेपश्चात कर्जा चुक्ता भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र पेस गरेपछि मात्र नगद लाभांश जम्मा गरिने जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS