IME Life New

युक्रेनलाई सहयोग गर्न जाँदा-जाँदै बाइडेनले गर्दैछन् यो ‘काम’, ट्रम्पलाई लाग्ला झट्का ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा सरकार परिवर्तन हुँदैछ । राष्ट्रपति चुनावमा भारी मतले जितपछि डोनाल्ड ट्रम्पले अर्को वर्ष जनवरी २० मा पदको सपथ लिनेछन्। तर, सत्ता हस्तान्तरणको यी ७१ दिनमा राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ठूलो कदम चाल्न लागेका छन्।

बाइडेनले जनवरीमा पद छोड्नुअघि युक्रेनका लागि अर्बौं डलरको अर्को किस्तालाई अन्तिम रुप दिएका छन्। जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेपछि उनले यो सम्झौतामा छेडछाड गर्न सक्ने छैनन् र यो रकम युक्रेनलाई समयमै दिइनेछ।

Esewa
Crest

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले एक अन्तर्वार्तामा भने, ‘रुससँगको युद्धमा युक्रेनलाई सहयोग गर्न बाइडेन सरकारले अन्तिम क्षणसम्म जेलेन्स्कीलाई सहयोग गरिरहनेछ। युक्रेनका सम्बन्धमा हाम्रो अडान विगत साढे तीन वर्षदेखि जस्तै रहनेछ। हामीले युक्रेनलाई युद्धमा हुने हरेक सम्भावित अवस्थामा सहयोग गर्नुपर्छ भन्ने हाम्रो अडान हो। यसका लागि राष्ट्रपति बाइडेनले युक्रेनका लागि सम्झौतालाई अन्तिम रुप दिएका छन्।’

सुलिभानले अब रुससँग कहिले वार्ताको टेबलमा बस्ने भन्ने निर्णय युक्रेनले नै गर्नुपर्ने बताए । युक्रेनलाई रुसको बर्बर आक्रमणबाट बचाउनका लागि सहयोग जारी राख्ने कुरा संयुक्त राज्य अमेरिका र यसका सहयोगीको हातमा छ।

फेब्रुअरी २०२२ देखि बाइडेन सरकारले युक्रेनको जेलेन्स्की सरकारलाई अर्बौं डलर सहायता दिँदै आएको छ। सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्दा अमेरिकासहित सम्पूर्ण युरोप रुसको विरुद्धमा र युक्रेनको समर्थनमा उभिएको थियो । अहिलेसम्म अवस्था उस्तै छ।

अमेरिकामा सरकार परिवर्तनपछि अमेरिका र युक्रेनबीचको सम्बन्ध पहिलेको जस्तै रहने छैन । यसका साथै युक्रेनले अमेरिकाबाट प्राप्त गर्दै आएको सैन्य सहयोग पनि बन्द हुन सक्नेछ।

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा डोनाल्ड ट्रम्पले धेरै पटक युक्रेनमा अमेरिकी सहयोग रोक्ने र जतिसक्दो चाँडो रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुरा गरेका थिए । हालै चुनावी अभियानका क्रममा जेलेन्स्कीका बारेमा ट्रम्पले भनेका थिए, ‘जेलेन्स्की एक महान सेल्सम्यान हुन्। अमेरिका आउँदा लाखौँ डलर लिएर जान्छ । यो परिवर्तन गर्नुपर्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS