IME Life New

यी हुन नेपालका १० प्रमुख विमानस्थल, कुन विमानस्थलबाट कति जहाज उडे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हवाई उडान र हवाई यात्रुको चापको हिसाबले देशका प्रमुख विमानस्थलहरूको सूची नागरिक उड्ययन प्राधिकरणले सार्वजनिक गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको सन् २०२४ को पहिलो ६ महिनाको अवधिमा यात्रु संख्याको आधारमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र उडान संख्याको आधारमा त्रिभूवन आन्तरिक विमानस्थल शिर्ष स्थानमा रहेको छ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय तर्फ यो विमानस्थलमा १६ हजार ७६८ उडानमार्फत कुल २५ लाख ६५ हजार २९१ यात्रुले हवाई यात्रा गरेका छन् । यो आगमन र प्रस्थान दुबै तर्फको कुल योग हो । यसैगरी आन्तरिक तर्फ ५० हजार १७ उडान अवतरणमार्फत २२ लाख १५ हजार ६०७ यात्रुले यात्रा गरेका छन् ।

Esewa
Crest

काठमाडौं बाहिरको विमानस्थलमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सर्वाधिक व्यस्त विमान स्थल हो । यात्रु संख्याका हिसाबले यो तेश्रो व्यस्त विमानस्थल हो । यो विमान स्थलबाट १२ हजार १८ पटक विमान ओहोर दोहोर गर्दा कुल ५ लाख १७ हजार ५९ यात्रुले हवाई यात्रा गरेका छन् । चाैथो व्यस्त विमानस्थलका रूपमा कोशी प्रदेशको राजधानी विराटनगरस्थित विमानस्थल रहेको छ। यो विमानस्थलबाट सन् २०२४ को जनवरीदेखि जुन महिनासम्म ५ हजार ६ सय ३६ उडान अवतरणबाट कुल ३ लाख १५ हजार ८७१ ले उडान सेवा लिएका छन् । यात्रु र उडान संख्याको अनुपातको आधारमा विराटनगर विमानस्थलमा प्रति उडान यात्रु संख्या पोखराको भन्दा अधिक रहेको छ। पोखरा क्षेत्रिय विमानस्थलबाट हिमाली भेगका लागि साना जहाज समेत उडान भर्ने भएकाले विराटनगरको उडान र यात्रु संख्याको अनुपात कम छ।

५ हजार ४२१ उडान अवतरणको साक्षी बनेको भैरहवास्थित गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँचाैं स्थानमा छ। यो विमानस्थलबाट कुल ३ लाख १५ हजार २१७ यात्रुले हवाई सेवा लिएका छन् । छैठाैं स्थानमा रहेको पश्चिम नेपालका लागि क्षेत्रिय विमानस्थलका रूपमा रहेको नेपालगञ्ज विमानस्थलबाट ५ हजार ९६५ पटक जहाज उडान र अवतरण गरेको छ। यो विमानस्थलबाट २ लाख २७ हजार ८ यात्रुले हवाई सेवा लिएका छन् ।

साताैं स्थानमा रहेको भद्रपुरको चन्द्रगढी विमानस्थलबाट समिक्षा अवधिमा ३ हजार ४३८ पटक विमान उडान र अवतरण गरेको छ। यो विमानस्थल हुँदै  १ लाख ८२ हजार ५१३ यात्रुले सेवा लिएका छन् ।

आठाैं स्थानमा रहेको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलबाट ६ महिनाको अवधिमा कुल ३१ हजार ३३१ पटक जहाज उडानअवतरण गरेको छ। साना जहाज (ट्वीन अटर) मात्र  उड्ने यो विमानस्थलले वर्ष दिनमा १ लाख ४४ हजार ४०९ यात्रुले सेवा लिएका छन् । यो विमानस्थल सगरमाथा  आरोहणका लागि आउने पर्यटकका लागि प्रयोग हुँदै आएको छ। यात्रु संख्याको आधारमा तेन्जिङ हिलारी विमानस्थल आठाैं स्थानमा पर्छ।

यात्रु संख्याका आधारमा मधेश प्रदेशको दुइ मुख्य विमानस्थल सिमरा र जनकपुर क्रमशः नवाैं र दशाैं स्थानमा पर्छन् । सिमरा विमानस्थलमा र बाट १ हजार १४६ पटक जहाज उडान र अवतरण गर्दा जनकपुर विमानस्थलबाट १ हजार २५७ पटक विमान उडान र अवतरण भएको छ। उडान संख्याको आधारमा जनकपुर अघि भएपनि यात्रु संख्याको आधारमा सिमरा विमानस्थलभन्दा तल रहेको छ। सिमराबाट ६ महिनाको अवधिमा १ लाख ४२ हजार ६५८ यात्रुले सेवा लिएका छन् भने जनकपुर विमानस्थलबाट १ लाख ३८ हजार ५३५ यात्रुले सेवा लिएका छन् ।

मधेश प्रदेशको राजधानी भएपनि जनकपुर विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रीको संख्या सिमरा विमानस्थलको प्रयोग गर्ने यात्रीको संख्याभन्दा थोरै छ। पछिल्लो समयमा नेपालगञ्जबाट जनकपुरसम्मको हवाई सेवा समेत शुरू भएको छ। बाढीका कारण रामेछापको विमानस्थल क्षतिग्रस्त बनेपछि केही दिन जनकपुर विमानस्थलबाट नै लुक्लाका लागि हवाई सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS