IME Life New

यी हुन् व्यापारको दुनियाँमा शक्तिशाली १५ व्यक्ति, शीर्ष स्थानमा एलन मस्क, अरु को-को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्च्युनले व्यापारको दुनियाँमा शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ।

सूचीको शीर्ष स्थानमा विश्वकै धनीव्यक्ति एलन मस्क रहेका छन्। अमेरिका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्वपले मस्कलाई सरकारी दक्षता विभाग (डीओजीई)को जिम्मेवारी दिएका छन्। मस्कको कुल सम्पत्ति ३१९ अर्ब डलर रहेको छ।

Esewa
Crest

सूचीको दोस्रो स्थानमा जेन्सन हुआङ छन्। उनी एआई चिप्स बनाउने कम्पनी एनभिडियाका सीईओ हुन्।

तेस्रो स्थानमा माइक्रोसफ्टका भारतीय मूलका सीईओ सत्य नाडेला छन्। यो सूचीमा चर्चित लगानीकर्ता वारेन बफेट, जेमी डिमन र एप्पल कम्पनीका सीईओ टिम कुक पनि छन्। फेसबुकको प्यारेन्ट कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग र ओपनएआईका स्याम अल्टम्यान पनि शीर्ष १० भित्र समावेश छन्।

यो सूचीको दसौँ स्थानमा गुगलका भारतीय मूलका सीईओ सुन्दर पिचाई रहेका छन्। अमजेनका संस्थापक जेफ बेजोस ११ औँ स्थानमा छन्।

शीर्ष १५ भित्र जनरल मोटर्सकी म्यारी बारा, बैंक अफ अमेरिकाका सीईओ ब्रायन मोयनिहान, चीनको टेलिकम कम्पनी हुवावेका संस्थापक रेन झेन्गफेई र सिटी बैंकको नेतृत्व गर्ने पहिलो महिला जेन फ्रेजर पनि समावेश छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS