IME Life New

यी दश सूचीकृत कम्पनीले नेप्सेमा हुन्छ हलचल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालको नेप्सेको तथ्याँकलाई आधार मान्दा नबिल बैंकको शेयर मूल्यमा आउने उतारचढावले नेप्से परिसूचकलाई सर्वाधिक असर गर्ने गरेको छ ।  नबिल बैंकको सर्वाधिक बजार पूँजीकरण १ खर्ब ९० अर्ब रहेको छ । नेप्से परिसूचक बजार पूँजीकरणको आधारमा गणना गरिने भएकोले धेरै पूँजीकरण भएको शेयर मूल्यमा आउने उतारचढावले नेप्सेलाई धेरै असर गर्ने गर्छ ।

लगानीकर्ताले आफ्नो कम्पनीको बजार मूल्य घटबढ भन्दा पनि धेरै हेर्ने भनेको नेप्से परिसूचक नै देखिएको छ । सेन्सेटिभ, फलोट, सेन्सेटिभ फलोट र १३ वटा समुहगत परिसूचकहरु भए पनि यी सूचकहरु खासै हेरिएको पाइँदैन ।

Esewa
Crest
नेप्से परिसूचक घटबढ कम्पनीहरुको मूल्य घटबढले निर्धारण गर्ने भए तापनिं बजार पूँजीकरण धेरै भएका कम्पनीहरुको घटबढले नेप्से परिसूचकलाई धेरै प्रभाव पार्ने गर्छ भने थोरै पूँजीकरण भएका कम्पनीहरुको प्रभाव थोरै हुने गर्छ ।

त्यस्तै दोश्रोमा सबै भन्दा धेरै पूँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम रहेको छ । टेलिकमको १ खर्ब ५६ अर्ब पूँजीकरण छ भने तेश्रोमा नेपाल पुनर्बीमा कम्पनीको १ खर्ब ६ अर्ब पूँजीकरण हुँदा बाँकी सबै कम्पनीको पूँजीकरण भने खर्ब मुनी रहेको छ।

चौथोमा एनआईसी एशिया बैंकको ९७ अर्ब ७१ करोड पूँजीकरण हुँदा पाँचौमा नागरिक लगानी कोषको पूँजीकरण ९० अर्ब ५४ करोड रहेको छ।

धेरै पूँजीकरण भएका १० कम्पनीमा २ वाणिज्य बैंक, २ अन्य, ३ लगानी, एक एक जीवन बीमा, हाइड्रोपावर र उत्पादन तथा प्रसोधन समूहका कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

3%
sad

दु :खी

31%
amazed

अचम्मित

3%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS