IME Life New

यस साता बजारमा ३ अंकको सुधार, सबै उपसूचक बढ्दा बीमा उपसूचक ४ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बिक्री खरिद चाप आएसँगै यस साता नेप्से परिसुचक ३ दशमलव ८६ अंकले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक १९३२ दशमलव ४५ को विन्दुमा गएर बन्द भएको थियो भने यस साताको अन्तिम कारोबार नेप्से परिसूचक २००७ दशमलव ०६ को बिन्दुमा गएर बन्द भएको छ ।

यो साता आइतबार नेप्से १९३३ दशलमव २५ मा खुलेर १९४२ दशमलव ६८को विन्दुमा बन्द भएको थियो । सोमबार बजार १९८६ दशलमव ९९ मा बन्द भएको थियो । यसै साताको मंगलबार नेप्से १९६७ दशमलव ५७ को विन्दुमा बन्द भएको थियो भने अन्तिम कारोबार दिन २००७ दशलमव ०६ को विन्दुमा बन्द भएको थियो ।

Esewa
Crest

यो साताको अन्तिम दिन अर्थात भदौ २७ गते दोस्रो बजारमा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा यस साता सबै उपसूचकमा बृद्धि देखिएको छ । यस साता सबैभन्दा ट्रेडिङ उपसूचक बढेको छ । यस साता यो उपसूचक ६ प्रतिशतले बढेको हो । दोस्रो धेरै बढ्ने फाइनान्स उपसूचक रहेको छ । अघिल्लो साताको तुलनामा यस साता फाइनान्स उपसूचक ५ दशलमव ९६ प्रतिशतले बढेको छ ।त्यस्तै, बैंकिङ उपसूचक ३ दशमलव १९ प्रतिशतले बढेको छ । डेभलपमेन्ट बैंक उपसूचक अघिल्लो साताको तुलनामा ४ दशलमव ४३ प्रतिशतले बढेको छ । होटल एण्ड टुरिजम उपसूचक ५ दशलमव ६५ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसूचक ४ दशलमव ९० प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट उपसूचक २ दशलमव ७१ प्रतिशतले बढेको छ ।

त्यसैगरी लाइफ इन्स्योरेन्स उपसूचक ४ दशलमव ८२ प्रतिशतले बढेको छ । उत्पादनमुलक उपसूचक ३ दशलमव ३४ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स उपसूचक ३ दशलमव ०३ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड उपसूचक ० दशलमव ७५ प्रतिशतले बढेको छ । निर्जीवन बीमा उपसूचक ४ दशलमव ६६ प्रतिशतले बढेको छ भने अन्य उपसूचक ३ दशलमव ८२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS