IME Life New

यस साता नेप्सेमा ७ कम्पनीको शेयर सूचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेप्सेमा ७ कम्पनीको शेयर सूचिकृत भएको छ । जसमध्ये २ कम्पनीको साधारण शेयर आईपीओ सुचिकृत भएको हो भने ५ कम्पनीको बोनश शेयर सुचिकृत भएको हो । यस साता युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आईपीओ त्यसैगरी,नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड १५ लाख कित्ता साधारण शेर सूचिकृत भएको हो । कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

Esewa
Crest

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि साधारण शयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता साधारण आईपीओ सूचिकृत भएको हो ।

त्यसैगरी नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनश बापतको ३ लाख ६८ हजार कित्ता शेयर सूचिकृत भएको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनश बापतको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको हो ।

त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनश बापतको एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता शेयर सूचिकृत भएको हो । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनश बापतको ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता शेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश बापतको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता शेयर सूचिकृत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS