IME Life New

यस वर्षको दशैंको दक्षिणा बीमा पोलिसी !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैं भन्ने वित्तिकै रातो टिका जमरा अनि दक्षिणाको संयुक्त रुपको झल्को आउनु स्वभाविक नै हो । नाता आफन्तकोमा गएर टिका थाप्ने अनि आशिर्वादसँगै दक्षिणा ग्रहण गर्नु दशैंको मुख्य आकर्षण नै हो । नेपालमा बैंकिङ क्षेत्रमा हुँदै आएको विकाससँगै अब नगद दक्षिणाबाट डिजिटल दक्षिणातर्फ उन्मुख हुन थालेको छ । दशैंमा पाउने दक्षिणालाई फजुल खर्च गर्नुभन्दा यसलाई उपयोगी क्षेत्रमा सदुपयोग गर्नु अझ उचित हुन सक्छ । तसर्थ दशैंको दक्षिणाले बीमा पोलिसी खरिद गर्दा कत्तिको उपयुक्त होला ? कस्ता खालको बीमा पोलिसी खरिद गर्न सकिन्छ ?

म्यादी जीवन बीमा

Esewa
Crest

दशैंको दक्षिणाले खरिद गर्न सकिने उत्तम पोलिसीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको म्यादी जीवन बीमा पनि एक हो । यो पोलिसीको न्यूनतम बीमाङ्क रकम भने ५ हजार रुपैयाँ रहेको छ । न्यूनतम १८ वर्षको उमेरदेखि प्रवेश गर्न सकिने यस बीमामा अधिकतम ६० वर्ष उमेर समुहका व्यक्तिले पनि खरिद गर्न सक्छन् । जसको बीमा अवधि भने ५ वर्षको रहेको छ । बार्षिक र अर्धवार्षिक रुपमा बीमा शुल्क भुक्तान गर्न सकिने यस योजनामा अधिकतम बीमाङ्क भने बीमितको आयस्रोत अनुरुप गर्न सकिन्छ ।

सावधिक जीवन बीमा योजना

विभिन्न बीमा कम्पनीहरुले थोरै थोरै बीमाङ्कको बीमा पोलिसी बिक्रि गर्दै आएको छ । जसमध्ये सावधिक जीवन बीमा पोलिसीलाई लिन सकिन्छ । यो पोलिसी थोरैमा ५० हजार र धेरैमा बीमितले चाहेको रकम अनुरुपको बीमा गर्न सकिन्छ । साथै यो पोलिसीको अवधि ५ वर्षदेखि २५ वर्षसम्म हुन्छ । बीमा कम्पनीहरुले यस्ता खालका पोलिसीको बीमा शुल्क भुक्तानी तरिकाको आधारमा बीमा शुल्कमा थप छुट समेत दिने गरेको पाइन्छ । तसर्थ यो वर्षको दशैंको दक्षिणाले सावधिक जीवन बीमा पोलिसी खरिद गरि ढुक्कले बस्न सकिन्छ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमाको बीमाङ्क मूल्य न्यूनतम ५० हजार रुपैयाँ तोकेको छ भने अधिकतम प्रस्तावक अर्थात बीमितले चाहे अनुरुप गरिदिने व्यवस्था गरेको छ । यो पोलिसीमा ११ वर्षको उमेरदेखि प्रवेश गर्न सकिन्छ । अधिकतम ७० वर्षका व्यक्तिहरुले समेत यो पोलिसी खरिद गर्न सक्छन् ।

यसैगरी युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि सावधिक जीवन बीमा योजना बिक्रि गर्दै आएको छ । युनियनले यस योजनाको न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ तोकेको छ भने अधिकतम बीमितको आयस्रोतको आधारमा बीमा गर्न सकिन्छ । ११ वर्षको उमेदेखि ६५ वर्ष उमेरका बीमितले यो पोलिसी खरिद गर्न सक्छन् । कम्पनीले बीमा शुल्क भुक्तानीको अवधि न्यूनतम ५ वर्ष र अधिकतम ५९ वर्ष तोकेको छ । साथै बीमा शुल्क भने बार्षिक, अर्धबार्षिक र मासिक रुपमा भुक्तान गर्न सकिन्छ ।

जीवन लाभ

एलआइसी नेपालको जीवन लाभ पनि दशैंको दक्षिणालाई सदुपयोग गर्ने माध्यम बन्न सक्छ । न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ रहेको यस पोलिसीको अवधि भने ५ वर्षको रहेको छ । १८ वर्षदेखि ६० वर्षसम्मकाले खरिद गर्न सकिने यस पोलिसीमा अधिकतम बीमाङ्क भने बीमितले चाहेको र बीमितको आय आर्जन अनुसारको बीमाङ्क रकममा बीमा गर्न सकिन्छ ।

नेपालमा रहेका विभिन्न बीमा कम्पनीहरुले थोरै बीमाङ्कका बीमा पोलिसीहरु ल्याएका छन् । थोरै रुपैयाँको बचतमा पनि भवितव्य समस्या समाधान गर्न सकिने, साथै निकट भविष्यमा भइपरिआउने आर्थिक संकटलाई समेत समाधान गर्न सहयोग पुग्ने भएको हुँदा यो वर्षको दशैंको दक्षिणालाई बीमा तर्फ लगानी गर्नु उत्तम उपाय हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS